पछिल्लो एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट १५ लाख बढी राजश्व संकलन

सुदशन पन्थ, जेठ ३१ गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले यो हप्तामा गरेका कार्यसम्पादनको विवरण सार्वजनिक गरेको छ ।

जेठ महिनाको अन्तिम हप्तामा जिल्ला प्रशासन कार्यालयबाट सम्पादन भएका कार्यहरुको विवरण सार्वजनिक गरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार यो हप्ता ३९१ नयाँ नागरिकता जारी गरिएको छ भने २२३ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन् ।

यस्तै नाबालक परिचयपत्र २४ जनाले बनाएका छन् । ३०० जनाको राहदानीका लागि आवेदन संकलन गरिएको छ ।  सोही अवधिमा १४६ जनाको राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५७६ वटा राष्ट्रिय परिचयपत्र वितरण गर्दा ७९२ जनाको राष्ट्रिय परिचयपत्रका लागि आवेदन संकलन गरिएको छ ।  दलित\जनजाति\पारिवारिक विवरण तथा अन्य प्रमाणित २३ वटा गरिएको छ ।

जेठ अन्तिम हप्ता जिल्ला प्रशासन कार्यालयमा १५ लाख ३२ हजार ५०० सय रुपैयाँ राजश्व संकलन भएको छ भने यो सम्पुर्ण राजस्व रकम राहदानीबाट संकलन भएको हो। जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो केही समययता प्रत्येक हप्ताको अन्तिम दिन हप्ता भरी जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएका कार्य सम्पादन सार्वजनिक गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *