
सुदशन पन्थ, जेठ ३१ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पेन्शन योजना अगाडि बढाइएको छ ।
रूरूक्षेत्र गाउँपालिका र नागरिक लगानी काेष काठमाडौंबिच महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूकाे पेन्सन याेजनाकाे लागि सम्झाैता पत्रमा हस्ताक्षर भएको हो।
शुक्रबार गाउँपालिकामा एक औपचारिक कार्यक्रमका बिच नागरिक लगानी कोष सँग सम्झौता गरी यो योजना अगाडी बढाइएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो।
महिला स्वयं सेविकाले स्वास्थ्य क्षेत्रमा गर्नु भएको योगदानको बिषयमा चर्चा गर्न पाउदा निकै खुशी लागेको बताउदै उहाँले स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूको इमानदारिता र मेहनतले पालिका स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको बताउनु भयो।
उहाँले भन्नुभयो, “यस आर्थिक वर्षबाट नागरिक लगानी कोष सँग सम्झौता गरी पेन्सन योजना अगाडी बढाएका छौँ,यसले स्वयंसेविकाहरूको मनोबल उच्च गराउन हौसला थपिएको महसुस गरेको छु।”
साथै उहाँले आगामी आर्थिक वर्षबाट करार कर्मचारीहरूलाई समेत नागरिक पेन्सन सँग जोड्ने योजना रहेको बताउनुभयो ।गाउँपालिकाभित्र कार्यरत स्वयंसेविकाहरूले स्वास्थ्य क्षेत्रमा पुर्याएकाे कामको उच्च मुल्यांकन गरि यसै आ. व. देखि पेन्सन याेजना लागु हुने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, कोषका उप निर्देशक नारायणप्रसाद घिमिरे, बुटवल कार्यालयका कार्यालय प्रमुख रामेश्वर पुडासैनी, अधिकृत शंकर अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वयंसेविका, करार सेवामा कार्यरत कर्मचारी, विद्यालयका करार शिक्षक तथा कर्मचारी लगायतको उपस्थिती रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सामाजिक तथा आर्थिक विकास शाखा प्रमुख दामोदर ज्ञवालीले गर्नुभएको थियो ।