आजदेखी नेपाल संवत् ११४४ सुरु,गुल्मीका नेवार समुदाय द्वारा शुभकामना ब्यक्त

साबित्रा पौडेल,कार्तिक २८,गुल्मी।

आजदेखी नेपाल संवत् ११४४ सुरु भएको छ।

नेपाल संवतको पहिलो दिन आज देशभरका नेवार समुदायले नयाँ बर्षका रुपमा मनाउने गर्छन। साथै नेवार समुदायका ब्यक्तिहरुले आज मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नो म्ह: अर्थात आत्माको पुजा पनि गर्ने गर्छन।

विसं ९३७ सालमा राष्ट्रिय विभूती शङ्खधर साख्वाले गरिब नागरिकको ऋण मोचन गरि नेपाल संवतको शुरूवात गर्नु भएको थियो। विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाईएको छ।

गुल्मीका विभिन्न स्थानहरू बलेटक्सार,रानिवास,टाहाटिम,तम्घास,रिडी,अगाहा, वामिटक्सार चारपाला जुभुङ्ग,पुर्कोट,छापचौर, पूर्तीघाट,अस्लेवा, लगायत नेवार समुदायको बाहुल्यता भएका ठाउँमा नेपाल संवतको अवसरमा विशेष कार्यक्रम भैरहेको छ।

यसैबीच झिङँगु नेवा पुच बलेटक्सारका अध्यक्ष कमल श्रेष्ठले नेपाल संवत्,म्ह:पुजा,शुभ दिपावली तथा छठ पर्व को अवसरमा सबैलाई शुभकामना सहित ऋण मोचन प्राप्तिको शुभकामना दिनुभयो।

यस्तै, सरकारले सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सम्वत् ११४४ (२०८० कात्तिक २८ गतेदेखि) विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *