ठुलोलुम्पेकमा संचालित आँखा शिविरमा ३२३ जनाले सेवा लिए

साबित्रा पौडेल, असोज २७ गुल्मी।

बिश्व आँखा दिवसको अवसर पारी गुल्मीमा आँखा शिविर सम्पन्न भएको छ। जिल्लाको सत्यवती गाउँपालीका ३ ठुलोलुम्पेकमा नेपाल नेत्र संघ- शान्तिपुर आँखा उपचार केन्द्रको आयोजनामा यहीँ असोज २५ र २६ गते आँखा शिविर सम्पन्न भएको हो।


शिविरमा ३२३ जना सेवाग्राहीले सेवा लिएका थिए।जसमा २०४ जना महिला र १९४ जना पुरुष रहेका थिए।

यस्तै शिविरमा मोतिया विन्दु अप्रेशन गर्नु पर्ने ६ जना सेवाग्राही,काउन्सिलिङ गरिएको १२१ प्राप्त चस्मा लगाउनुपर्ने ७९ जना सेवाग्राही लाभान्बित भएका थिए।

शिविर ठुलोलुम्पेक स्वास्थ्य चौकी,नयाँ भवन देउरालिमा बिहान १० बजे देखि साझँ ५ बजेसम्म सन्चालनमा आएको आयोजकले जनाएको छ।

नेपाल नेत्र ज्योति संघ- शान्तिपुर आँखा उपचार केन्द्रको आयोजनामा सम्पन्न भएको शिविरमा सह आयोजक सत्यवती गाउँकार्यपालिकाको कार्यालय,३ नम्बर वडा कार्यालय र ठुलोलुम्पेक स्वास्थ्य चौकी रहेको थियो।


यस्तै, हिमालय युवा परिवार तथा प्रगतिशिल समाज क्वाङ्ग को आर्थीक सहयोग रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *