रुरु जनसेवा पोलिक्लिनिक विद्यार्थीको स्वास्थ्यप्रति सक्रिय

साबित्रा पौडेल, जेठ ३० गुल्मी ।

विद्या ज्योति बोर्डिङ स्कुल रुरुक्षेत्र गाउँपालिका १ रिडी गुल्मीमा अध्ययनरत विद्यार्थीहरूको निशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ।

रुरु जनसेवा पोलिक्लिनिक रिडी बजार गुल्मी र विद्या ज्योति बोर्डिङ स्कुल बिच विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै अबदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको हो।

रुरु जनसेवा पोलिक्लिनिकका सञ्चालक डाक्टर विकास पन्थी र विद्यालयबिच भएको सम्झौता अनुसार अध्ययनरत विद्यार्थीको प्रत्येक तीन तीन महिनामा निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।

स्वास्थ्य परीक्षण अन्तर्गत विद्यार्थीहरूको मानसिक, शारीरिक र दन्त परिक्षण गरिने पोलिक्लिनिकका सञ्चालक डाक्टर विकास पन्थीले जानकारी दिनुभयो।

यस्तै उक्त विद्यालयका विद्यार्थी शिक्षक तथा कर्मचारीलाई विद्यालयको परिचयपत्र तथा पत्रको आधारमा अन्य उपचार खर्चमा १५ प्रतिशत छुट दिने निर्णय समेत भएको छ ।

विद्यार्थीहरूको स्वास्थ्य परीक्षण अभियान यहि असार ४ गते अभिभावकहरूको उपस्थितिमा सुरुवात गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *