गुल्मीको कालीगण्डकी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

भुवन भुसाल, फागुन २९ गुल्मी ।

गुल्मीको कालीगण्डकी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

सार्वजनिक सुनुवाईमा शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पुर्वाधार, कृर्षि पशुपालन लगायतका बिषयमा सहभागीहरुले प्रस्न जिज्ञासा र सुझाव राखेका थिए ।
कार्यक्रमको सुरुमा स्वागत सहित बिषय प्रवेश गराउँदै प्रमुख प्रशासकिय अधिकृत नरेश गिरीले गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गरेको प्रगती बिवरण प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षको हालसम्म कालीगण्डकीले पुँजिगत तर्फ १७.८२ प्रतिशत र चालुतर्फ ३८.४७ गरि ३१.५९ प्रतिशत बित्तिय प्रगती हाँसिल गरेको जानकारी दिनुभएको थियो ।

सहभागीहरुले योजना अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने, कृर्षि र पशुपालनमा दिएको अनुदान सदुपयोगको अवस्थाको अनुगमन निरन्तर गर्नुपर्ने लगायतका सुझावलाई जोड दिएका थिए ।
सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बेद थापा मगर, उपाध्यक्ष मन्जु कुमारी दर्लामी, प्रमुख प्रशासकिय अधिकृत नरेश गिरी, वडा अध्यक्षहरु लालु प्रसाद पाण्डे, रेशमलाल न्यौपाने, रुप बहादुर श्रीष, होम बहादुर थापा, दान बहादुर राना,पुर्ण बहादुर थापा, का.वा वडा अध्यक्ष सिता थापा लगायत बिषयगत शाखा प्रमुखहरु जवाफदेहि बक्ताको रुपमा सहभागी हुनुभएको थियो ।

गाउँपालिकाको सभाहलमा सम्पन्न सार्वजनिक सुनुवाईमा १४ जना सेवाग्राहीहरुले गाउँपालिकाले प्रदान गरेका सेवाका सन्दर्भमा जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण संचारकर्मि भुवन भुसालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *