मंसिर २७, गुल्मी।
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) सत्यवती गाउँसमिति गुल्मीले आज बुधबार शोक सभा कार्यक्रम गरेको छ ।
माओवादी केन्द्र सत्यवती वडा नम्बर १ का कमिटी सचीव शिव अधिकारीका बुबा तथा
माओवादी केन्द्रका महान जनयुद्ध र जन आन्दोलनका इमानदार ,असल कम्युनिस्ट नेता स्व डाक्टर पुर्सोतम अधिकारीको आत्माप्रति
भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
नेकपा(माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका अध्यक्ष एवं पुर्व मन्त्री सुदर्शन बराल मगर ,जेष्ठ कम्युनिस्ट मंन्चका केन्द्रिय सदस्य पुर्ण बहादुर राना, गुल्मी जिल्ला पार्टीका संयोजक एवं चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज के सि, लुम्बिनी प्रदेश सरकारका माननीय यमु गैरे लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिमा शोक सभा सम्पन्न भएको हो ।