देशका धेरै ठाउँमा रातिदेखि झरी, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 देशका धेरै ठाउँमा रातिदेखि झरी परेको छ । दिउँसो पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरु तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बाग्मती, र  गण्डकी  प्रदेशका केही  ठाउँहरुमा, लुम्बिनी  प्रदेशको  थोरै  ठाउँहरुमा साथै  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलाहरुमा बाढी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *