बैशाख ३० , कालिदास आत्रेय / गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ६ दौंघा मोहरेका अग्नी पीडितहरुको पुनस्थापना गर्ने उद्देश्यका साथ राहत संकलन गरिएको छ ।
गत १९ गतेको बिनाशकारी आगलागीबाट बिस्तापित परिवारलाई पुनःस्थापन को लागि विभिन्न संघ सस्था, समुह र व्यक्ति बाट संकलन गरिएको नगद रु ५ लाख ६३ हजार ३८६ एक कार्यक्रम का विच छत्रकोट ६ का वडा अध्यक्ष नारायण रेस्मीलाई हस्तान्तरण गरिएको थियोे ।
जसमा मोहरे जन्मघर भई हाल रुपन्देही लगायत देसका विभिन्न स्थान र विदेशमा रहने मोहरेली युवा समूह बाट रु १ लाख ६५ हजार , दिपज्योती टोल विकास संस्था मोहरे बाट ५१ हजार ५२५, सिर्जनशिल टोल विकास संस्था मोहरे बाट ६९ हजार २७०, कालिकादेवी नौधारा टोल विकास संस्था बाट ३० हजार ३५०, खड्गदेबी स्वामिनडाडा टोल विकास संस्था बाट ३७ हजार ६३० , कालिका टोल विकास संस्था गैरिखुट्टाबाट ५५ हजार ९००, वराह टोल विकास संस्था दौंघाबाट ४३ हजार ४२०, राधाकृष्ण टोल विकास संस्था दौंघाबाट ३५ हजार २१५, छत्रकोट ६ नौधारा हाल अमेरिका निवासी विरेन्द्र थापा बाट ५१ हजार ५५, छत्रकोट ६ दौघा निवासी हाल दुबई सागर खत्री बाट ५ हजार र प्रकृतिको प्यारो दौंघा मार्फत १९ हजार ३ रुपैया गरि कुल ५ लाख ६३ हजार ३६८ रुपैयाँ संकलन गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा मोहरेली युवा समुहका संयोजक शालिकराम ज्ञवालीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । विजयबिक्रम सोमरेले सहयोग दाताको नामावली वाचन गर्नुभएको थियोे । त्यसैगरी सम्पुर्ण टोल विकास संस्था का संयोजकहरुले सहयोग दाताको नामावली बाचन गरेका थिए ।
सो अवसरमा जनप्रतिनिधि हरु,पुर्व जनप्रतिनिधिहरु स्थानीय समाजसेवी बुद्धिजीवी र सर्वसाधारण समेतको सहभागीता रहेको थियोे । कार्यक्रममा वडा अध्यक्ष नारायण रेस्मीले सहयोग दाताहरुलाई धन्यवाद दिदै पीडितहरुको बसोबासको व्यवस्था मिलाउन आफूहरुले हरपल पहल गरिरहेको बताउनुभएको थियोे । कार्यक्रम को संचालन कालिदास आत्रेयले गर्नुभएको थियोे ।