रुरुक्षेत्र गाउँपालिकाले मंसिर २९ गते सार्वजनिक सुनुवाई गर्ने

मंसिर २६ गुल्मी /साबित्रा पौडेल

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ।

गाउँपालिकाले गाउँ कार्यपालिकाको आर्थिक बर्ष २०८०/०८१ को प्रथम चौमासिक अवधिमा सम्पन्न भएका तथा प्रदान गरिएका विभिन्न सेवाको सम्बन्धमा प्रगती समिक्षा तथा सार्वजनिक सुनुवाई गर्ने गाउँपालिका द्वारा जारी सुचनामा उल्लेख छ।

सार्वजनिक सुनुवाई कार्यक्रम यहीँ मंसिर २९ गते गाउँपालिकाको सभाहल घिउबेसीमा बिहान ११ बजे बाट सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो।

मंसिर २९ गते हुने सुनुवाई कार्यक्रममा पालिकाबासीहरु उपस्थित भई आफ्ना सुझाव, चासो, गुनासो तथा प्रतिक्रिया दिन सक्ने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *