आज बालाचतुर्दशी,चक्रेश्वर लगायत देशभरका शिव मन्दिरमा शतबीज छरियो,

मंसिर २५, गुल्मी।

आज बालाचतुर्दशी। बालाचतुर्दशीको अवसरमा आज पितृका नाममा शतबीज छरिएको छ ।

गुल्मीको चक्रेश्वर लगायत देशभरका शिव मन्दिरमा आज बिहानैदेखि शतबीज छर्न थालिएको थियो।

हिजो साँँझ अर्थात बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बालेर मृतकका आफन्तहरु रातभर जाग्राम बसेका थिए । त्रयोदशीको साँझ विधिपूर्वक महादीप बालेर रातभर जाग्राम बस्ने र चतुर्दशीका दिन बिहानै नदीमा बत्ती बगाउने गरिन्छ ।

चतुर्दशीका दिन बिहानै नुहाएर चोखो भइ शिव मन्दिर क्षेत्रमा शतबीज (धान, जौ, गहुँ, चना, तिल जस्ता अन्न र केरा, सुन्तला, उखु, भोगटे, कागती, बिमिरो, अमला जस्ता फलका का साथै फूलहरु) छर्ने गरिन्छ ।

चतुर्दशीका दिन बिहानै शिवालयमा शतबीज छरेमा पितृको उद्धार हुने मान्यता रहेको छ ।

यसैको अवसरमा गुल्मीको शान्तिपुरमा चक्रेश्वर मेला लागिरहेको छ।

चन्द्रकोट गाउँपालिका गुल्मीले बालाचतुर्दशी तथा शतबीज छर्ने पर्वको अवसरमा आज स्थानिय बिदा दिएको छ।

प्रमुख प्रशासकिय अधिकृत सरोज भुसालले चन्द्रकोट क्षेत्रको ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्त्व बोकेको बालाचतुर्दशी तथा चक्रेश्वर मेलाको अवसरमा स्थानीय विदा दिएको जानकारी दिनुभयो।

यसैबिच गाउपालीका अध्यक्ष युवराज केसीले बालाचतुर्दशीको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै चक्रेश्वर, दिवरुङ्ग लगायतका स्थानमा साँस्कृतिक मेला लाग्ने भएकाले गाँउ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था एवं सम्पुर्ण सरकारी कार्यालयहरुमा स्थानीय विदा दिएको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *