गुल्मीको छत्रकोट गाउँपालिका ३ भालुपानीमा वर्षाका लागि विशेष पूजा

जेठ २८, गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ३ भालुपानीमा लामो समयदेखि वर्षा नहुँदा पानीको चरम अभाव र खेती सुक्न थालेपछि स्थानीयवासीहरूले विशेष पूजा गरेका छन्।

परापुर्वकाल देखि नै लामो समय सम्म वर्षा नभएर खडेरी परेमा माईको पुजा गर्यो भने वर्षा हुन्छ भन्ने धार्मिक विश्वास रहेको पुजारी कृष्ण प्रसाद अर्यालले बताउनुभयो।

वर्षा नभएर खेतबारी सुक्खा भएपछि स्थानीय बासिन्दा, युवा तथा बयोवृद्धको उपस्थितिमा “महादेव पानी देउ”, “यतिले त पुगेन अझै थपी देउ” भन्दै भगवान शिवको प्राथना गरिएको थियो। स्थानीय चुरामणी अर्यालले धार्मिक विश्वासमा गरिने यस्तो खालको पुजाले परम्परालाई पुस्तान्तरण गर्दै नयाँ पुस्तालाई पनि प्रकृतीको पुजामा लाग्न उत्प्रेरित गर्ने बताउनुभयो। बिहानी पख यस क्षेत्रमा पानी परेको थियो।

वर्षा होस् भनेर गरिने पुजाको सुरुवात मै पानी आउनु शुभ भएको स्थानीय बाबुराम पन्थले बताउनु भयो। स्थानीयवासीहरूले मादल, मजुरा र खैजडी बजाएर भजन गाउँदै गाउँ परिक्रमा समेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *