चन्द्रकोट गाउँपालिका गुल्मीमा एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर हुँदै

वैशाख २९, गुल्मी ।
चन्द्रकोट गाउँपालिका गुल्मीमा एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा गाउँपालिकाले आज पत्रकार सम्मेलन मार्फत जनताको सहजताका लागी पालिका भित्रै स्वास्थ्य शिविर संचालन गर्न लागेको जनाएको छ ।

गाउँपालिकाको कार्यलय शान्तिपुरमा यही जेठ ४ गते शुक्रबार बिहान ७ बजे देखि विभिन्न विशेषज्ञ सहितको सेवा प्रवाह हुने जानकारी गराइएको छ ।
गाउँपालिकाले अघिल्लो वर्षबाट नि:शुल्क स्वास्थ्य शिविर गर्ने कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष युवराज खत्रीले बताउनुभयो । शिविरमा विभिन्न रोगका१६ जना बिशेषज्ञ डाक्टरहरुको सहभागीता हुनेछ ।

शिविरमा सुगर,प्रेसर,थाइराइड,बाथ,दम, पेट, छाती तथा मुटुरोग सम्बन्धि डाक्टरहरु हरि प्रसाद पन्थी , विभव बस्याल र दुर्गा सुरखाली यस्तै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरु विकाश न्यौपाने,रमेश अर्याल,उत्सव रेग्मी , मनोज सापकोटा,ज्योति श्रेष्ठ, शिला ढकाल,कविराज भुसाल, हिमलाल भण्डारी,विवेक खनाल,सञ्जित रायमाझी ,अमृत बस्नेत लगायतले सेवा दिनुहुनेछ ।

चन्द्रकोट गाउँपालिका गुल्मीको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा रहेको स्वस्थ नागरिकको परिकल्पनालाई व्यवहारमा लैजादै गाउँपालिका भित्रका नागरिकहरुको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य शिविर राख्ने गरेको पालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

नागरिकको स्वास्थ्य प्रतिको जिम्मेवारी वहन गर्ने क्रममा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा निःशुल्क स्वास्थ्य परिक्षण मार्फत स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिले लिएको छ ।

आर्थिक अभावले अनेत्र गएर उपचार गराउन नसक्ने नागरिकलाई राहत दिने उद्देश्यले बृहत नि: शुल्क शिविर राखिएको अध्यक्ष खत्रीले बताउनुभयो । शिविरमा जटिल रोगका बिरामी फेला परे अनेत्र उपचारमा जानको लागि गाउँपालिकाले सहजिकरण गर्ने अध्यक्ष खत्रीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *