बैशाख २९ , गुल्मी ।
गुल्मीको रुरुक्षेत्र सम्पन्न भएको छ ।
गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले आव ०८१/०८२ को नीति तथा कार्यक्रम पेश गरेको छ ।
गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गाउँ सभाको १६ औं अधिवेशनमा २३५ बुँदे नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।
उहाँले विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि गरिएका महत्त्वपूर्ण प्रयास , विद्यमान अवसर , विद्यमान चुनौती तथा नीति तथा कार्यक्रम तर्जुमाका आधारहरूका बारेमा प्रकाश पार्नुभएको थियो ।
यस्तै उहाँले चालू आर्थिक वर्ष २०८०/०८१ को अहिलेसम्म भएका भौतिक उपलब्धि , आर्थिक तथा सामाजिक उपलब्धि वातावरणीय उपलब्धि ,संस्थागत उपलब्धिका बारेमा जानकारी गराउनुभएको थियो ।
नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञवालीले यसको उद्देश्य , आगामी आर्थिक वर्षका लागि प्राथमिकतामा राखेका प्रमुख कार्यक्रमका बारेमा प्रष्ट पारिदिनुभएको थियो ।
गाउँपालिकाले नीति तथा कार्यक्रमको लागी यहीँ बैशाख २४ गतेदेखि गाउँपालिकाका सबै वडाहरुका जनताहरुसँग पुगी गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सम्पुर्ण राजनैतिक दलका प्रतिनिधि, पुर्व जनप्रतिनिधि , पुर्व कर्मचारी, टोल विकास संस्था ,उद्योगी, व्यवसायी, कृषकहरु, विभिन्न संघ संस्थाहरु, सञ्चारकर्मी, समाजसेवी, पत्रकार तथा आम नागरिकहरूको सहभागितामा राय तथा सुझाव संकलन समेत गरेको थियो ।
तिनै सुझाव संकलनलाई समेत मध्यनजर गरि पूर्वाधार निर्माण , सुशासन , स्वास्थ्य , शिक्षा , कृषि , रोजगारी , विपद् व्यवस्थापन लगायतका क्षेत्रहरूलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तर्जुमा गरिएको गाउँपालिका अध्यक्ष ज्ञवालीको भनाई छ ।
उहाँले नीति तथा कार्यक्रमको तयारी गर्ने क्रममा सहयोग गर्ने सबैप्रती आभार प्रकट गर्नुभयो ।