राष्ट्रियसभा निर्वाचनका लागि आज दिउँसोसम्म पाँच दलले दिए निवेदन

मंसिर २५ गुल्मी।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि आज दिउँसोसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् ।

निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दल (नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत र नेपाल मजदूर किसान पार्टी) ले दर्ताको निवेदन दिएका हुन् ।

दल दर्ताका मंसिर २९ गतेसम्मका लागि समय दिएको आयोगले जनाएको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सुचना जारी गरेको थियो।

आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ ।