बिहानी युवा क्लब सुखौराको १९ औं वाषिर्कोत्सव कार्यक्रम विविध प्रतियोगिताको साथमा सम्पन्न

रेसिराम खत्री, बाग्लुङ।

बिहानी युवा क्लब बरेङ गाउँपालिका -५ सुखौरा, भित्रीवन बाग्लुङको १९ औं वाषिर्कोत्सव कार्यक्रम विविध प्रतियोगिताको साथमा सम्पन्न भएको छ।


वाषिर्कोत्सव कार्यक्रममा साबिकको अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, भुपु भलिबल प्रतियोगिता, पुरुष रस्साकस्सी प्रतियोगिता, भाले छोपाई प्रतियोगिता, घैटोफोर प्रतियोगिता, एकल नृत्य प्रतियोगिता लगायतका कार्यक्रम गरिएको थियो।

जसमा साबिकको अन्तर वडा स्तरीय पुरुष भलिबल तर्फ १८ टिमको सहभागी रहेको खेलमा समाज कल्याण गलकोट नगरपालिका-३, हटिया प्रथम, आयोजक द्वितीय र ओपिसि दुदिलाभाटी गलकोट नगरपालिका-१ तृतीय भएका छन।

यस्तै भुपु भलिबल खेलमा ६ टिम सहभागी रहेको सो कार्यक्रमा ओपिसि दुदिलाभाटी गलकोट नगरपालिका-१ प्रथम, आयोजक द्वितीय भएको छ ।

पुरुष रस्साकस्सी प्रतियोगितामा ५ टिम सहभागी रहेको थियो जसमा ओपिसि दुदिलाभाटी गलकोट नगरपालिका-१ प्रथम र आयोजक द्वितीय भएको थियो भने महिला रस्साकस्सी तर्फ ४ टिम सहभागी रहेको थियो जसमा आयोजक प्रथम र बरेङ गाउँपालिका द्वितीय भएको छ ।

क्लबको मुख्य आकर्षकमा रहेको भाले छोपाई प्रतियोगितामा ७ जनाको सहभागीता रहेको थियो जसमा झगर अर्मजा प्रथम भएका थिए भने घैटोफोर प्रतियोगितामा प्रकाश थापा प्रथम बनेका थिए।

यसैगरि एकल नृत्य तर्फ १० टिमको सहभागीता रहेको प्रतियोगितामा प्रथम प्रतिज्ञा ज्ञवाली प्रथम, द्वितीय खुसी खत्री र तृतीय रुबिना पुन भएका थिए। भने अन्तर वडा स्तरीय भलिबल तर्फ उत्कृष्ट खेलाडी नारायण श्रीस मगर र डिफेन्डर बिधा तर्फ प्रेम थापा मगरलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बरेङ गाउँपालिका -५, सुखौराका वडा अध्यक्ष अम्मर शेरपुर्जा रहनु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि शेरपुर्जाले आगामी दिनमा क्लबलाई सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्ति गर्नुभएको थियो ।

साँस्कृतिक कार्यक्रम समेत रहेको कार्यक्रममा क्लबका सल्लाहकार टेकबहादुर पुन को स्वागत रेशम खत्रीको सन्चालन र चित्र पुनको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *