साबित्रा पौडेल, मंसिर २४, गुल्मी।
गुल्मीदरबार गाउँपालिका गुल्मीमा आजदेखी एकीकृत घुम्ती शिविर सुरु भएको छ।
गाउँपालिकाका नागरिकको सहजताका लागि घुम्ती शिविरको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिनुभयो। शिविरको पहिलो दिन आज १ नं वडा कार्यालय बलिथुममा सेवा प्रदान गरिदैँ छ।
शिविरमा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र, कृषि क्षेत्रको लागि माटो परिक्षण, पशुपंक्षि सम्बन्धि परामर्श र औषधि वितरण, अपाङ्ग परिचय पत्र वितरण, नि:शुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण लगायतका सेवाहरु प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनु भयो।
आजदेखी सुरु भएको शिविर पौष महिनाको २ गतेसम्म गाउँपालिका सम्पूर्ण वडामा संचालन गरिने गाउँपालिका अध्यक्ष्य सरोज थापाले जानकारी दिनुभयो।
जसअन्तर्गत आज बलिथुम, दोस्रो दिन अर्थात मंसिर २५ गते २ नं वडा कार्यालय जुभुङ्ग, तेस्रो दिन अर्थात मंसिर २६ गते ३ नं वडा कार्यालय राजा, चौथो दिन मंसिर २८ गते ५ नं वडा कार्यालय अमर अर्वाथोक, पाचौं दिन मंसिर २९ गते उपल्लो हटिया र छैठौ अर्थात मंसिर ३० गते वडा नं ७ को कार्यालय ठुलोपोखरा र सातौ अर्थात अन्तिम दिन पौष २ गते ४ नं वडा कार्यालय विरबासमा चल्ने छ।