मंसिर २५, गुल्मी ।
आदर्श माध्यमिक विद्यालय छत्रकोट गाउँपालिका ४ दिगाम गुल्मीले आफ्नो ६४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाकर पन्तको सभापतीत्व रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक टङ्कप्रसाद पन्थीले वार्षिक २ करोड ५८ लाख ६२० रुपैयाँ बराबरको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बिद्यालयका पुर्व विद्यार्थीहरु , राजनैतिक दलका प्रतिनिधि, विभिन्न बिद्यालयका प्र अ तथा विद्यार्थीका अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
आदर्श माध्यमिक विद्यालय विसं २०१७ सालमा अनन्त प्राइमरी स्कुलको रूपमा प्रारम्भ भई विसं २०१७ सालमा नेपाल राष्ट्रिय जनता प्राइमरी स्कुल २०२२ सालमा आदर्श मिडिल स्कुल र २०३८ सालबाट आदर्श माध्यमिक विद्यालयको रुपमा परिचित छ।
विद्यालयमा माध्यमिक तहमा पाँचजना स्थायी उच्च माध्यमिक तहमा दुई जना, निम्न माध्यमिक तहमा चार जना स्थायी र प्राथमिक तहतर्फ ७ जना स्थायी तथा एकजना अस्थायी करार, दुईजना बालविकास गरी २१ जना शिक्षकहरु रहेका छन
कक्षा नर्सरीदेखि १२ सम्म पढाइ हुने यस विद्यालयमा अहिले ३५३ जना विद्यार्थीहरू रहेका छन्।
विद्यालयको गतवर्षको औसत सिकाई उपलब्धि २ दशमलव ६२ रहेकोमा यो वर्ष वृद्धि गरी २ दशमलव ८ भन्दा माथि पुर्याउने लक्ष्य लिई कक्षा सञ्चालन गरिरहेको छ ।