चक्रेश्वर मेला आज बाट सुरु,नागरिक उड्डयन राज्यमन्त्री :ठकुरीले उद्घाटन गर्ने

मंसिर २३ गुल्मी, इश्वरी बश्याल ।

शान्तिपुर गुल्मीमा यस क्षेत्रकै ठूलो पर्वको रुपमा मानिने चक्रेश्वर मेला आज बाट सुरु हुने भएको छ।
चक्रेश्वर मेला २३ गते बाट सुरु भएतापनी औपचारिक उद्घाटन २५ गते बलाचतुर्दशी को दिन हुने भएको छ।


कार्यक्रमको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला विश्वकर्मा ठकुरीले गर्नुहुने भएको छ।
यसै बिच,
चन्द्रकोट गाउँपालिका गुल्मीले बालाचतुर्दशी तथा शतबीज छर्ने पर्वको अवसरमा यहीँ मंसिर २५ गते सोमबार स्थानीय विदा दिने भएको छ।
प्रमुख प्रसासकिय अधिकृत सरोज भुसालले चन्द्रकोट क्षेत्रको ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्त्व बोकेको बालाचतुर्दशी तथा चक्रेश्वर मेलाको अवसरमा स्थानीय विदा दिने निर्णय भएको जानकारी दिनु भयो।
बालाचतुर्दशीको अवसरमा चक्रेश्वर, दिवरुङ्ग लगायतका स्थानमा साँस्कृतिक मेला लाग्ने भएकाले गाँउ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था एवं सम्पुर्ण सरकारी कार्यालयहरुमा स्थानीय विदा दिने निर्णय गरेको गाउँपालिका युवराज के सि ले जानकारी दिनुभयो।

यस्तै,

चन्द्रकोट गाउपालीका अध्यक्ष युवराज केशीले बालाचतुर्दशीको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै यस क्षेत्रकै ठुलो पर्व भएकाले सबैलाइ मेला भर्न अनुरोध गर्नु भएको छ।

मेलामा झुला,बाल उद्यान, चन्द्र्कोट गाउँपालिका द्वारा कृषि तथा पशु मेला प्रदर्शन, साँस्कृतिक कार्यक्रम तथा विविध प्रतियोगिताहरु हुने भएका छन।
मेलामा राष्ट्रिय कलाकारहरु एलिना चौहान, प्रकाश दुतराज, रचना रिमाल ,सुमन परीयार, अस्मिता डल्लाकोटी,लालुमाया कुवँर, सपना गाहा मगर, हास्य कलाकार दिनेश काफ्ले लगायत अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने उदय शान्ति युवा कल्बका अध्यक्ष अर्जुन थापाले जानकारी दिनु भयो ।

कायक्रम भुवन भुसालले संचालन गर्नु हुने छ।

कार्यक्रममा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता,खुल्ला महिला भलिबल प्रतियोगिता, पुरुष भेट्रान्स प्रतियोगिता,बि लेबल खुल्ला ब्याडमिन्टन प्रतियोगिता, भेट्रान्स खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक राजु बरालले बताउनुभयो।

प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगिहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको क्लबका संयोजक बरालले बताउनु भयो।
यसैबिच,चक्रेश्वर मेलामा चन्द्रकोट गाउँपालिकाले गाउपालिकाको सबै वडा बाट कृषिजन्य उत्पादनको प्रदर्शनी तथा उत्कृष्ट कृषकहरु छनोट गरि पुरस्कार दिने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *