पुस २४, गुल्मी ।
हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।
अहिले गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान लगायत देशका पहाडी भू–भागमा बदली तथा पश्चिम तराईका केही ठाउँहरूमा हुस्सु र कुहिरो लागेको छ ।
देशभर हुस्सु र कुहिरो लागेसँगै तापक्रम घटिरहेकोले चिसो बढेको छ ।
केही दिनयता घाम नलागेका कारण थप समस्या भएको मौसमा पुर्वानुमान महाशाखाले जनाएको छ । जाडोले खासगरी विपन्न तथा गरिब परिवार प्रभावित भएका छन् ।
मौसमविद्ले भोलि बिहानदेखि मौसम सुधार हुँदै जाने सम्भावना रहेको बताइरहदाँ सबैमा सतर्कता अपनाउन अनुरोध गर्दछौ ।