चाडपर्वलाई लक्षित गर्दै गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा शुभकामना आदानप्रदान

साबित्रा पौडेल , असोज २२ गुल्मी ।

रुरुक्षेत्र गाउँपालिका गुल्मीले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ।

गाउँपालिकाले आज नेपालीहरूको महान पर्व शुभ विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान गरेको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको आतिथ्यता तथा नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।

शुभकामना कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले देश तथा विदेशमा छरिएर रहनुभएका र यतिबेला रुरु क्षेत्र गाउँपालिकामा चाडपर्व मनाउन आउनुभएका सम्पूर्ण गाउँपालिकावासीहरूलाई आफ्नो अनुभव, ज्ञान तथा सोच बाँडेर गाउँपालिकालाई समुन्नत बनाउन सबै सरिक भइदिन आग्रह गर्नुभएको थियो।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका पूर्व मुख्य सचिव पौडेलले चाडपर्वमा संयमित भई तडकभडक नगर्न शान्ति सुरक्षा कायम गर्न अनुरोध गर्नुभएको थियो।

शुभकामना आदानप्रदान कार्यक्रममा गाउँपालिकामा क्रियाशील राजनीतिक दल, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, कर्मचारी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष पत्रकार एवं सञ्चारकर्मी, बौद्धिक व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।