साबित्रा पौडेल, असोज २२ गुल्मी ।
रिब्दीकोट गाउँपालिका पाल्पाले बिदामा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने अवस्थामा जनप्रतिनिधि तथा कर्मचारीले सरकारी सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले विजयादशमीको बिदाको अवधिमा तथा बिदामा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने अवस्थामा जनप्रतिनिधि तथा कर्मचारीले सरकारी सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको हो ।
जसान्तर्गत ३ दिन भन्दा बढी समय अनुपस्थित हुने कर्मचारीहरू तथा जनप्रतिनिधिले आफूसँग भएको सवारी साधन कार्यालय परिसरमा व्यवस्थापन गर्नुपर्ने र सवारी साधनको साँचो जिन्सी शाखामा बुझाउनुपर्ने रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभएको छ ।