सुदर्शन पन्थ, असोज २२ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकामा बजार अनुगमन गरिएको छ। चाडपर्वलाई लक्षित गर्दै आज छत्रकोट गाउँपालिका र नेपाल प्रहरी श्रृङ्गा गुल्मीको उपस्तिथिमा पालिकाको वडा न. २ र ३ मा पर्ने भेडुवा बजार क्षेत्रमा रहेका ३९ वटा पसलहरुमा अनुगमन गरिएको हो।
अनुगमनको क्रममा १६ वटा पसलहरुमा म्याद गुज्रिएको सामान फेला परेका थिए। उक्त सामान लाई जफत गरि अब आइन्दा त्यस्ता म्याद गुज्रिएका सामान बिक्री गरि जनमानसको स्वास्थमा खेलवाड नगर्न भनी सुझाव दिइएको छ ।
सोही गल्ती दोहोर्याए नियमअनुसार कारवाही गर्ने र गाउँपालिकाले आफ्नो सेवा क्षेत्रका सबैजसो पसलहरूमा अनुगमन गर्ने अधिकृत हरि टण्डनले बताउनुभयो। अनुगमन कार्यक्रममा गाउँपालिकाबाट अधिकृत हरि टण्डन, इन्जिनियर पुष्कर खनाल,प्रदिप पन्थ ,कपिल घिमिरे बिनोद शर्मा न्यैपाने, दुर्गा कुमाल, यम बहादुर सिन्जाली,शोभाखर पोख्रेल, प्रहरी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
गुणस्तरीय सामाग्री उपभोग गर्न पाउने उपभोक्ताको हकलाई मध्यनजर गर्दै गुल्मी जिल्लाका विभिन्न ठाउँमा बिगत केही दिन देखि बजार अनुगमन गर्दै आइएको छ।