गुल्मीको छत्रकोट गाउँपालिकामा खादाको सट्टा स्थानीय फुल माला प्रयोग गरिँदै

साबित्रा पौडेल, असोज २२ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाले स्थानीय फूलका माला खरिद गर्ने भएको छ।
गाउँपालिकामा यही असोज २३ गते बुधबार हुन लागेको क्लोथ बैंक शुभारम्भ कार्यक्रमको लागि गाउँपालिकाले स्थानीय फूलका माला खरिद गर्ने भएको हो।


गाउँपालिकाले उक्त कार्यक्रममा १५ वटा स्थानीय फूलका माला आवश्यक पर्ने भएकाले गाउँपालिका भित्र रहेका सम्पूर्णमा माला बनाउन सम्भव हुनेले सम्पर्क गर्न अनुरोध गरेको छ।
यस्तै प्रतिमालालाई १०० रुपैयाँको दरले खरिद गर्ने समेत गाउँपालिकाले जनाएको छ।


गाउँपालिकाले केही समय अगाडि मात्र गाउँपालिका क्षेत्रभित्र गरिने कुनै पनि कार्यक्रममा खाँदाको प्रयोग नगर्ने निर्णय गरेको थियो। जस अनुसार गाउँपालिकाले स्थानीय फुलमालाको प्रयोग गरिने जनाएको छ ‌।
छत्रकोट गाउँपालिकाले भोली (बुधबार) आफ्नो घर, टोल र समाजलाई सफा राखौ, कोहि कपडा बिहिन नरहून भन्ने मुल नारालाई आत्मासाथ गर्दै कपडा बैंक शुभारम्भ गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *