
असोज २२ , गुल्मी ।
प्रिन्सिपल्स एशोसियशन अफ नेपाल धुर्कोटको आयोजनामा हिमालय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक मोतिलाल शर्मा भण्डारीलाई अभिनन्दन गरिएको छ।
हिमालय माध्यमिक विद्यालय वस्तुका पूर्व प्रध्यानाध्यापक भण्डारीको जन्म उत्सवको अवसर पारी एक कार्यक्रमका बीच सोमबार उहाँलाई अभिनन्दन गरिएको हो।
अभिनन्दन कार्यक्रममा प्रिन्सिपल्स एशोसियशन अफ नेपाल धुर्कोटका अध्यक्ष यज्ञप्रसाद गौतमको अध्यक्षता रहेको थियो भने गाउँपालिका अध्यक्ष भूपाल पोखरेलको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सीता गिरी र लुम्बिनी प्रदेश सदस्य एवं जिल्ला अध्यक्ष कृष्णप्रसाद भण्डारीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रमका अध्यक्ष गौतमले भण्डारीको संक्षिप्त जीवनी प्रस्तुत गर्दै कार्यक्रमको बारेमा जानकारी गराउनुभयो । थियो भने प्रमुख अतिथी पोखरेलले भण्डारीले शिक्षा क्षेत्रमा खेलेको भूमिकामाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा हिमालय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक भण्डारी र शान्ता भण्डारीलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
प्रिन्सिपल्स एशोसियसन अफ नेपाल जिल्ला सचिव भेषराज खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा इपान घुर्कोटका उपाध्यक्ष हुमबहादुर महतको स्वागत मन्तव्य रहेको थियो ।