गुल्मीको छत्रकोटमा कपडा बैंक शुभारम्भ गरिदै, दीन दुखी र असहायलाई सहयोग पुग्ने विश्वास

सुदर्शन पन्थ, असोज २१ गुल्मी ।


गुल्मीको छत्रकोट गाउँपालिकाले कपडा बैंक शुभारम्भ गर्ने भएको छ।
आफ्नो घर, टोल र समाजलाई सफा राखौ । कोहि कपडा बिहिन नरहून भन्ने मुल नारालाई आत्मासाथ गर्दै पालिकाले कपडा बैंक शुभारम्भ गर्ने भएको हो ।


यहि असोज २३ गते बुधवार गाउँपालिकाको कार्यालय भेडुवामा हुन लागेको कपडा बैंक शुभारम्भ कार्यक्रममा प्रयोगमा नआएको लताकपडा, झोला, ब्याग, जुता चप्पल, बेल्ट तथा पुस्तक पुस्तिका पुन : रिसाइकलिङ्ग गरेर आवश्यक पर्नेहरु सबैका लागि निशुल्क वितरण गर्न आफ्नो घरमा यतिकै रहदै आएको पुरानो लताकपडा सहित उपस्थीत हुन पालिका अध्यक्ष राम प्रसाद पाण्डेले अनुरोध गर्नु भएको छ ।


कोल्थ एण्ड फुड बैंक नेपालको सहकार्यमा छत्रकोट गाउँपालिकाले शुभारम्भ गर्न लागेको कपडा बैंक कार्यक्रमले दीन दुखी र असहायहरुलाई थोरै मात्रामा भए पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *