गुल्मीमा नि:शुल्क आँखा अप्रेशन शिविर सम्पन्न

माघ २४ , गुल्मी ।

गुल्मीमा माघ महिनामा ११९ जना मोतियाविन्दुका विरामीको आँखाको शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति संघ गुल्मीको आयोजनामा माघ ११ र १२ गते तम्घासमा मासिक शल्यक्रिया कार्यक्रममा २९ जना माघ १५ र १६ गते मदाने गा.पा.को पूर्कोटदहमा आयोजित नि:शुल्क आँखा अप्रेशन शिविरमा ४२ जना र माघ २१ र २२ गते चन्द्रकोट गा.पा.को शान्तिपुरमा आयोजित नि:शुल्क आँखा अप्रेशन शिविरमा ४८ जना गरी माघ महिनामा मात्र ११९ जनाको आँखाको सफलतापूर्वक शल्यक्रिया गरीएको नेपाल नेत्रज्योति संघ गुल्मी शाखाका सचिव श्री पदमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

तम्घास र पूर्कोट दहमा सम्पन्न शल्यक्रियाको नेतृत्व लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका नेत्ररोग विशेषज्ञ डा. कृति जोशी र चन्द्रकोटमा सम्पन्न शल्यक्रियाको नेतृत्व नेत्ररोग विशेषज्ञ सह–प्रध्यापक डा. शुशिला पटेलले गर्नुभएको थियो ।

उक्त नि:शुल्क शल्यक्रियाको आर्थिक सहयोग सेभा नेपालको रहेको थियो भने स्थानीय रुपमा रुपमा मदाने गा.पा. र चन्द्रकोट गा.पा.को सहयोग तथा मदाने आँखा उपचार केन्द्र र शान्तिपुर आँखा उपचार केन्द्रको स्थानीय आयोजना रहेको थियो । स्वास्थ्य शिविर अन्तर्गत समग्रमा ६२३ जनाको आँखाको जाँच तथा उपचार सेवा समेत उपलब्ध गराईको थियो ।

केही समय भित्र मुसिकोट ना.पा.को वामीटक्सार र मालिका गा.पा.को मर्भुङ्ग र रुरु गा.पा.को रिडीमा पनि नि:शुल्क आँखा अप्रेशन शिविर संचालन हुने व्यहोरा शाखाका सभापति श्री अखिलेश्वर प्रसाद पाण्डेयले वाताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *