हरिश्यनी एकादशीको अवसरमा चन्द्रकोटको रूपाकोट सोतामा १०८ पिपलको बिरुवा रोपण

साबित्रा पौडेल, असार २२ गुल्मी ।


गुल्मीको चन्द्रकोट गाउँपालिका ७ रूपाकोट सोतामा पिपलको बिरुवा लगाइएको छ।

साथीभाइ युवा क्लब चन्द्रकोट गाउँपालिका ७ रूपाकोट सोता गुल्मीको आयोजनामा प्रकृति संरक्षण, वातावरणीय सन्तुलन र धर्म संस्कारको जगेर्ना गर्ने उद्देश्यले हरिश्यनी एकादशीको अवसरमा आज १०८ पिपलका बिरुवा रोपिएको हो ।

वातावरणीय सन्तुलन कायम राख्न स्थानीय युवाहरूको सहभागितामा राम मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष किरण पाण्डेले वृक्षारोपणलाई रूपाकोट सोतादेखि हरियाली अभियानको सन्देशका रूपमा अगाडि बढाएको बताउँदै आगामी दिनहरूमा पनि वातावरणीय अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

वृक्षारोपण कार्यक्रममा रूपाकोट गुल्मीका पूर्व वडाध्यक्ष तथा स्थानीय लक्ष्मीप्रसाद भण्डारीले धार्मिक संस्थालाई प्रभावकारी बनाउने र प्रचारप्रसार गर्ने उद्देश्यले पिपलको बिरुवा रोपिएको जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *