श्रृंगेश्वर आयल स्टोर्स छत्रकोट ३ मा करिब ६ लाख रुपैयाँ नगद चोरी

साबित्रा पौडेल, असार २२ गुल्मी ।

गुल्मीको श्रृङ्गामा चोरी भएको छ। गएराती करिब १:३० बजेदेखि २ बजे भित्रको समयमा श्रृङ्गेश्वर आयल स्टोर्स छत्रकोट ३ श्रृङ्गा गुल्मीमा चोरी भएको हो।

चोरीको खबर आज बिहान मात्र आफूहरूले थाहा पाएको र करिब ६ लाख बराबरको नगद चोरी भएको स्टोर्सका सञ्चालक डिलाराम न्यौपानेले जानकारी दिनुभयो ।

अहिले इलाका प्रहरी कार्यालय श्रृङ्गा गुल्मीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

गत असोजमा मात्रै छत्रकोट गाउँपालिका ३ काभ्रेकी पेमा झाँक्रीको घरबाट ६० हजार नगद सहित विभिन्न कागजपत्र चोरी भएको थियो।

पछिल्लो समय चोरीको घटना बढिरहेकाले सतर्कता अपनाउनुहुन गाउँपालिका बासी सम्पूर्ण नागरिकहरूलाई गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले आग्रह गर्नुभएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *