
साबित्रा पौडेल, जेठ २३ गुल्मी।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाउँपालिकाका कृषकलाई उत्पादनमा आधारित अनुदान प्रदान गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कृषकलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत उत्पादनका आधारमा गाउँपालिकाका कृषकहरूलाई अनुदान दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
अनुदानको लागि गाउँपालिका भित्रका दुग्ध तथा अण्डा उत्पादक कृषक, कृषि फर्म, कृषि समूह तथा सहकारीहरूले रुरुक्षेत्र गाउँपालिका पशु विकास शाखा तथा वडा कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिन सक्ने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।
हेर्नुहोस् गाउँपालिका द्वारा जारी सूचना:
