गुल्मीदरबार गाउँपालिकाद्वारा अविवाहित महिला तथा पुरुषलाई निर्वाह भत्ता प्रदान

साबित्रा पौडेल, असार २२ गुल्मी।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले पालिका भित्र रहेका अविवाहित महिला तथा पुरुषलाई निर्वाह भत्ता प्रदान गरेको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले पालिका भित्रका ३४ जना अविवाहित महिला र पुरुषलाई निर्वाह भत्ता प्रदान गरेको हो।

गाउँपालिकाले चालु आर्थिक वर्षमा ४० वर्ष उमेर काटेका महिला तथा ४५ वर्ष उमेर काटेका अविवाहित पुरुषहरूलाई मासिक एक हजार रुपैयाँका दरले निर्वाह भत्ता प्रदान गरेको गाउँपालिका अध्यक्ष सरोज थापाले जानकारी दिनुभयो ।

जसमध्ये १६ जना महिला र १८ जना पुरुष रहेका छन्। यो कार्यक्रमलाई आगामी आर्थिक वर्षहरुमा पनि निरन्तरता दिने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

अविवाहित महिला तथा अविवाहित पुरुषहरुलाई एकल भएको अनुभूति नदिन गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *