जन माध्यमिक विद्यालय खर्ज्याङ्ग गुल्मीद्वारा एसइइमा उत्तीर्ण विद्यार्थीलाई सम्मान

साबित्रा पौडेल,असार २२ गुल्मी।

जन माध्यमिक विद्यालय छत्रकोट गाउँपालिका ५ खर्ज्याङ्ग गुल्मीले माध्यमिक शिक्षा परीक्षा एसइइमा उत्तीर्ण बिद्यार्थीहरूलाई सम्मान गरेको छ ।

बिद्यालयले शुक्रबार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी माध्यमिक शिक्षा परीक्षा एसइइमा उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो।

एसइइ परीक्षामा जन माध्यमिक विबिद्यालय छत्रकोट गाउँपालिका ५ खर्ज्याङ्ग बाट १२ जना विद्यार्थीहरू सहभागी भएकोमा आठ जना उत्तीर्ण भएका थिए।

बिद्यालयमा बिद्यालयकी छात्रा सृष्टि भुसालले सबैभन्दा धेरै ३.५५ GPA प्राप्त गरेकी छन् । भने समीक्षा नेपालीले ३ दशमलव ३७ GPA प्राप्त गरिन्।

बधाई तथा सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो।

गाउँपालिकाको वडा नम्बर ६ दौघाका वडाध्यक्ष नारायण रेशमी, गाउँपालिकाका शिक्षा समिति सदस्य विष्णुप्रसाद पौडेल तथा खर्ज्याङका वडा सदस्यहरु उर्मिला आचार्य नेपाली र गङ्गा बलाल घर्तीको विशिष्ट आतिथ्यता रहेको थियो।

यस्तै बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू विष्णुमान श्रेष्ठ, पवित्रा कुमारी श्रेष्ठ, एमलाल श्रेष्ठ, खर्ज्याङ्ग प्रहरी चौकीका इन्चार्ज घनश्याम थारु, अन्य संस्थापक सदस्य, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

पालिकाको कान्छो माध्यमिक विद्यालय भनेर चिनिने जन माध्यमिक बिद्यालय पहिलोपटक २०८० को माध्यमिक शिक्षा परीक्षा एसइइमा सामेल भएको थियो ।

पहिला प्रावी रहेको विद्यालय विद्यालयलाई गत वर्षदेखि माध्यमिक बिद्यालयमा परिणत गरिएको थियो ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले पहिलो वर्षको एसइइ परीक्षामा गाउँपालिकामै ६६ दशमलव ६६% विद्यार्थी उत्तीर्ण गरी गाउँपालिकामै दोस्रो हुन सफल भएकोमा बिद्यालयलाई शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले मावि दरबन्दी नहुँदा नहुँदै पनि प्राविमा कार्यरत शिक्षकहरूले अध्यापन गराएर छत्रकोट गाउँपालिकामै द्वितीय स्थान सफल भएकोमा खुसी व्यक्त गर्दै बिद्यालयलाई थप शैक्षिक सफलताको शुभकामना दिनुभयो ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक शिरबहादुर बुढाथोकीले प्रयासरत सम्पूर्ण बिषयगत शिक्षक, विद्यार्थी र अभिभावकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा समिति सदस्य विष्णुप्रसाद पौडेल तथा बिद्यालयकी शिक्षक सविता आचार्यले स्वागत मन्तव्य राख्नुभएको विद्यालयका लेखापाल सन्तोष पन्थले जानकारी दिनुभयो।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद अर्याल, बिद्यालयका संस्थापक सदस्य बद्रीप्रसाद घिमिरे ले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक बुद्धिराम बन्जाडेले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *