असार २१ गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर –४, रायढुङ्गामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
जिल्लाको तम्घासबाट धुर्कोटतर्फ जाँदै गरेको लु १३ प ७९५० नम्बरको मोटरसाइकललाई विपरीत दिशा छल्दिपनाबाट तम्घासतर्फ आउँदै गरेको लु १ च ७३२७ नम्बरको जिपले शुक्रबार बिहान करिब १०ः२० बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर – ८ छापटोला बस्ने ४३ वर्षीय देवबहादुर विक रहेका छन ।
घाइते विकलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा रिफर गरिएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।