बलड क्यान्सरले जीवन मरणको दोसाँधमा दौघा गुल्मीका एरिक, सहयोग गरिदिन परिवारको अपिल

सुदर्शन पन्थ, पुस २० गुल्मी ।

गुल्मी जिल्ला छत्रकोट ६ दौघा नौधारा निवासी तेज बस्नेत र अनिता बस्नेतको जीवन राम्रै चलेको थियो ।

दुई सन्तान ईश्वरको वरदान भने झै दुई छोरा छोरी , सानो अनि खुशी परिवार । तर यो परिवारमा दैवको आँखा लाग्यो, सामान्य ज्वरो आएपछि छोरा एरिक बस्नेतलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराउदा पनि ठिक नभएपछी पौष ६ गते कान्ति बाल अस्पताल काठमाडौमा उपचारको लागि लगियो, विडम्बना त्यहाँ उनलाई चेकअप गर्दा Blood Cancer जस्तो घातक रोग लागेको पुष्टि भयो । खुशी साथ जिन्दगी कटाइरहेको यो परिवारमा एक्कासी बज्रपात पर्यो ।


उमेरले भर्खर ५ बर्ष मात्र पुगेका एरिक एल.के.जि. मा पढ्छन् । उनीसँगैका साथीहरू रमाएर विद्यालयमा पढ्न जान्छन् तर उनी यति बेला अस्पतालको बेडमा जीवन मरणको दोसाँधमा छन् । उनको उपचारको लागि लाखौं रकम लाग्ने र लगातार ६ महिनासम्म किमोथेरापी गर्नु पर्ने डाक्टरले सुझाव दिएका छन् ।


उनको घरको आर्थिक अवस्था सामान्य भएको र उनको उपचारको लागि लाग्ने खर्च जुटाउन समस्या भएकोले उनको परिवारले यतिबेला सहयोगको अपिल गरिरहेको छ।

तपाईं हाम्रो सानो सहयोगले एरिकको जीवन बचाउन सकिन्छ । उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन रेडियो श्रृङ्गेश्वर पनि हार्दिक अपिल गर्दछ।


सहयोगको लागि एरिकको बुवा तेज बस्नेतको सम्पर्क नं. ९८४७१६६३२८ र आमा अनिता बस्नेतको सम्पर्क नं. ९८६९०६५४९९ मा सम्पर्क गरेर सहयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *