छत्रकोट गुल्मीमा दादुरा रुबेलाको खोप सुरु, आज २६७ जनाले खोप लगाए

साबित्रा पौडेल , फागुन २१ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकामा आजदेखी राष्ट्रिय कार्यक्रम अन्तर्गतको दादुरा रुबेलाको खोप अभियान सुरु भएको छ ।

गाउँपालिका भित्रका १३ सय बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको र आज गाउँपालिकाभित्रका २६७ जना बालबालिकालाई खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिनुभयो ।

जसअन्तर्गत वडा नं १ हुगाँमा ११ जना बालिका र ९ जना बालक गरि जम्मा २० जनालाई खोप लगाइएको छ ।

यस्तै वडा नं २ पल्लिकोटमा २३ जना बालिका र २९ जना बालक गरी ५२ जना , वडा नं ३ हर्दिनेटामा २० जना बालिका र २७ जना बालक गरि ४७ जना , वडा नं ४ श्रीङ्गामा २६ बालिका र २७ जना बालक गरि ५३ जना तथा वडा नं ५ खर्ज्याङ्गमा १० जना बालिका र ३५ जना बालक गरि जम्मा ४५ जनालाई खोप दिइएको उहाँले बताउनुभयो ।

यस्तै वडा नं ६ दौघामा १९ जना बालिका र ३१ जना बालक गरि ५० जनालाई खोप दिइएको छ ।

छत्रकोट गाउँपालिकामा आजदेखी सुरु भएको दादुरा रुबेलाको खोप अभियान यहीँ फागुन २५ गतेसम्म संचालन हुनेछ ।

गाउँपालिकामा २९ वटा खोप केन्द्रबाट खोप सेवा दिईने र बाकीँ बालबालिकालाई शुक्रबार भित्रमा खोप प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *