सडक कालोपत्रे माग गर्दै बागलुङको काठेखोलाका अध्यक्ष नै आन्दोलनमा

माघ २१, बागलुङ ।

ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका अध्यक्ष राजु थापासहितका स्थानीय बासिन्दाले आइतबार करिब ४ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका हुन् ।

सडक कालोपत्रेका लागि आफूहरुले संघीय सरकारलाई फागुन २ गतेसम्मको समय दिएको र त्यसबीचमा पनि चासो नदेखाए थप आन्दोलनका कार्यक्रम ल्याउने तयारी भइरहेको प्रवक्ता विकले बताए ।

सदरमुकाम बागलुङ बजारसँग जिल्लाका पश्चिमी क्षेत्रलाई जोड्ने गरी २०५६ सालमा बागलुङ–घोडाबाँधे सडक निर्माण सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *