
सुदर्शन पन्थ, जेठ २१ गुल्मी।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई धार्मिक भ्रमणको लागी देवघाट लैजाने भएको छ ।
गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम ज्येष्ठ नागरिकसँग जनप्रतिनिधी अन्तर्गत ७५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुको लागि २ दिने धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा लैजान लागिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो।
पालिकाले आज एक सूचना जारी गर्दै तनहुँ, नवलपरासी र चितवन जिल्लाको संगमस्थलमा पर्ने आदिप्रयाग देवघाट धामको भ्रमण कार्यक्रम आयोजना गरिएकोले इच्छुक ज्येष्ठ नागरिकलाई १५ दिनभित्र सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा सम्पर्क गरी नाम दर्ता गर्न अनुरोध गरेको छ ।
मानसिक तथा शारीरिक रूपमा पनि सकरात्मक सन्देशको प्रवाह गर्ने र धार्मिक रूपमा पुण्य प्राप्ति होस् भन्ने उद्देश्यका साथ भ्रमणमा लैजान लागिएको गाउँपालिकाका प्रमुख शासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच तथा अन्य सहयोगको लागि पालिकाबाट स्वास्थ्यकर्मी सहितको जनशक्ति परिचालन हुने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सहभागिले अन्य सहयोगी लैजान नपाइने र भ्रमणको मिति अझै तय नभएको गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले जानकारी दिनुभयो ।
हेर्नुहोस् गाउँपालिका द्वारा जारी सूचना:
