रिडी-बल्कोट सडकखण्ड यही माघ २५ गतेदेखि फागुन २० गतेसम्म पूर्णरूपमा बन्द हुने

साबित्रा पौडेल, माघ २१ गुल्मी।

मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी बल्कोट सडकखण्ड २५ दिन पूर्णरूपमा बन्द हुने भएको छ।

सडक खण्डको साँखरा भिर क्षेत्रमा पहिरो फोर्ने सडक चौडा गर्ने ग्रेड मिलाउने कार्यको लागि निर्माण व्यवसायीबाट माग भएअनुसार उक्त सडक खण्ड माघ २५ गतेदेखि फागुन २० गतेसम्म पूर्णरूपमा बन्द गरिने मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिनुभयो ।

सडक पूर्णरूपमा बन्द गरिने भएकाले वैकल्पिक सडकको प्रयोग गरी यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालयले सूचना जारी गरी आग्रह गरेको छ ।

सूचनामा वैकल्पिक सडकको लागि सातमुरे – श्रृंगा – बलेटक्सार हुँदै रिडी, सातमुरे-सि.जि हुँदै रिडी, सातमुरे- रह – ठाडो खोला हुँदै रिडीको सडक प्रयोग गर्न भनिएको छ ।

हेर्नुहोस् मदन भण्डारी राजमार्ग योजना कार्यालयले सार्वजनिक गरेको सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *