परिक्षा केन्द्र हटाउने विषय प्रती श्रृंगा जनता मा. वि. को गम्भीर ध्यानाकर्षण

सुदर्शन पन्थ, माघ २१ गुल्मी।

छत्रकोट गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरुको नाम लिने क्रममा श्रृंगा जनता माध्यमिक विद्यालयको नाम अग्रपङ्तीमा आउँछ।

यस क्षेत्रका अगुवा तथा शिक्षाप्रेमी व्यक्तिहरुको अथक प्रयासबाट वि. सं. २०४५ साल देखि यश विद्यालयमा एस एल सि को परिक्षा केन्द्र र २०६५ साल देखि राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परिक्षा केन्द्रको रुपमा दुवै तहका परिक्षाहरु मर्यादित रुपमा सञ्चालन हुँदै आएका थिए।

तर यहीँ माघ १८ गते छत्रकोट गाउँपालिकामा बसेको सरोकारवालाहरुको बैठकले एकाएक SEE को परिक्षा केन्द्र हटाउने निर्णय गरेपछी यतिबेला यस क्षेत्रका शिक्षाप्रेमी व्यक्तिहरु आक्रोशित भएका छन्।

विद्यालयले बिना जानकारी SEE को परिक्षा केन्द्र हटाउने विषय प्रती गम्भीर ध्यानाकर्षण गराएको छ।

आइतबार विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, प्र. अ., शिक्षाप्रेमी स्थानीय तथा सरोकारवाला सहितको टोलि गाउँपालिकाको केन्द्र मै पुगेर उक्त विषयमा ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र मार्फत गाउँपालिकाले गरेको निर्णयमा पुनर्विचार गरि विद्यालयमा परिक्षा केन्द्र कायम गर्न आग्रह गरिएको छ। साथै परिक्षा केन्द्र कायम राखेर सेवा गर्ने अवसर प्रदान गर्ने कुरामा पालिका प्रती आफू पुर्ण विश्वस्त रहेको विद्यालय व्यवस्थापन समिती अध्यक्ष राम चन्द्र कंडेलको भनाइ छ।

श्रृंगा मा परिक्षा केन्द्र कायम राख्ने कुरा समग्र छत्रकोटकै हितमा, शैक्षिक क्षेत्रको हितमा र भौगोलिक रुपमा पनि अनुकुलित हुने भएकोले सके परिक्षा केन्द्र थप्ने अन्यथा परिक्षा केन्द्र हटाउने कुरामा पुनर्विचार गरिनु पर्ने विद्यालयको माग छ।

ध्यानाकर्षण पत्र बुज्दै पालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले यस विषयमा आफू सकारात्मक रहेको र सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्ने बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *