साबित्रा पौडेल, कार्तिक १८ गुल्मी ।
अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मालारानी गाउँपालिकाको खनदह देखी सदरमुकाम सन्धिखर्क तर्फ जादै गरेको भारतीय नम्बर प्लेटकाे एचआर ५५ एयु ८७९३ नम्बरको कार सन्धिखर्क नगरपालिका ११ ढुङ्गेदेउराली स्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेमा मालारानी गाउँपालिका- ७ टिमुरेका २६ वर्षीय चालक नवीन नेपाली रहेका जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
कार आईतवार साझ सवा ६ बजे आँफै अनियन्त्रित भइ सडकबाट ८०० मिटर टल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।