लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

 १९ असार , गुल्मी ।

देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र कोशी, मधेस, कर्णाली र सुदूपश्चिम प्रदेशका धेरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो पानी परिरहेको कपिलवस्तु, सल्यान, रोल्पा, जाजरकोट, हुम्ला, जुम्ला, बाजुरा, अछाम दार्चुला, डडेलधुरा, कैलाली, बर्दीया, स्याङ्जा, गुल्मी, म्याग्दी, लमजुङ लगायतका जिल्लामा रहेका खोला र नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती  र  गण्डकी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *