साबित्रा पौडेल , बैशाख २१ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ५०% अनुदानमा टनेल निर्माण कार्यक्रमको संचालन गर्ने भएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै ५०% अनुदानमा टनेल निर्माण कार्यक्रम संचालन गर्ने जानकारी दिएको हो ।
गाउँपालिकाबाट संचालित रुरु कृषि परियोजनाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकामा टनेल निर्माण कार्यक्रमको संचालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।
कार्यक्रममा इच्छुक व्यवसायीक कृषक /फर्म/सहकारी समूहले वडा कार्यालय ,कृषि विकास शाखा वा रुरु कृषि परियोजनाको शाखामा निवेदन पेश गर्न सक्नेछन् ।
यस्तो छ गाउँपालिकाले जारी गरेको सूचना ;