साबित्रा पौडेल , बैशाख २१ गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्त्री जातिका पशुचौपाया ओसारपसार गर्न बन्देज लगाएको छ ।
गाउँपालिकाले आज एक सुचना जारी गर्दै गाउँपालिकाभित्र स्त्री जातिका पशुचौपाया ओसारपसार गर्न बन्देज लगाएको जानकारी गराएको हो ।
पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरुद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरुको अवैध रुपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरुबाट समेत अन्यत्र निकासी भरहेकोले पालिकाले पशु चौपायाहरु बिक्रि वितरण तथा ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको छ ।
गाउँपालिकाले कृषि तथा पशुपालन कार्यलाई थप व्यवस्थित गर्दै व्यवसायीक कृषकहरु उत्पादन गरी दुध र दुग्धजन्य उत्पादनमा पालिका आत्मनिर्भर हुने उद्देश्यले यस्तो निर्णय अपनाएको जनाएको छ ।
गाउँपालिकाले पालिकाभित्र पनि पशु चौपाया बिक्री वितरण गर्नुपरेमा अनुमति लिन समेत आग्रह गरेको छ ।
गाउँपालिकाले जारी गरेको सूचनामा पालिकाभित्र रहेका विभिन्न बधशालाहरुलाई व्यवस्थित गर्दै संचालन गर्न पनि अनुरोध गरेको छ ।
यस्तै , गाउँपालिकाको नियम विपरीत पशु चौपाया बिक्री वितरण गरेको पाइएमा कारबाही गर्ने समेत चेतावनी दिएको छ ।
यस्तो छ गाउँपालिकाले जारी गरेको सूचना ;