मृगौलाको प्रत्यारोपण गरेका बिरामीलाई गुल्मीको छत्रकोट गाउँपालिकामा जीविकोपार्जन भत्ता

जेठ १९, गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाले मृगौलाको प्रत्यारोपण गरेका बिरामीलाई जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ।

छत्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाले मृगौलाको प्रत्यारोपण गरेका, डायलाईसिस गराइरहेका, क्यान्सर रोगी, गम्भीर मुटुरोगी र मेरूदण्डको पक्षघात भएका बिरामीलाई मासिक रुपमा नगद रु. १,००० रुपैयाँका दरले जीविकोपार्जन उपलब्ध गराउने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामसुन्दर पोखरेलले जानकारी दिनुभयो।

जसको लागि बिरामीहरूले निवेदन सहित मेडिकल रिपोर्ट, नागरिकताको प्रतिलिपि, चेकको प्रतिलिपि सम्बन्धित वडा कार्यालय वा स्वास्थ्य चौकीमा पेश गर्नुपर्ने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

हेर्नुहोस् गाउँपालिका द्वारा जारी सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *