स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशभर सोमबार सार्वजनिक बिदा

साबित्रा पौडेल, माघ २० गुल्मी ।

लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकार अन्तर्गत आन्तरिक, मामिला तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा यही माघ २१ गते सोमबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषदको २०८० साल चैत २० गतेको निर्णयानुसार स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ ।

प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ। यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा स्थापना दिवस र सरकार गठन भएको फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो।

गतवर्षदेखि दुईवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको थियो।

जसान्तर्गत आजदेखी मंगलबारसम्म तीनदिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावली गरिँदै छ । यस्तै स्थापना दिवसको अवसरमा प्रदेशसभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिएको छ भने शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेछन ।

प्रदर्शन गराइएका झाँकीहरुबिच प्रतिस्पर्धा गराइने र प्रथम, द्धितिय र तिर्तिय हुनेलाई पुरस्कार समेत प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *