

माघ २०, गुल्मी।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकी तथा केन्द्रहरूमा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो।
शिविरमा ल्याब सेवा सहित एमबिबिएस डाक्टरहरूद्वारा बिरामीको जाँच तथा निःशुल्क औषधि वितरण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्रदेव पौडेलले जानकारी दिनुभयो ।
यस्तै विवाह भएको तीन वर्ष पूरा भई ६० वर्ष ननाघेका महिलाहरूको लागि पाठेघरको मुखको क्यान्सर जाँच गरिनुका साथै पाठेघर खस्ने समस्या भएका महिलाहरूको लागि Ring Pessary राखिने छ ।
शिविरमा लामो जन्मान्तरका लागि इच्छुक महिलाको लागि इम्प्लान्ट तथा IUCD समेत राखिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
शिविर गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीहरुमा विभिन्न समयमा बस्ने गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
हेर्नुहोस् गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा जारी सूचना;
