
साबित्रा पौडेल, साउन १८ गुल्मी ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ।
बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार आदर्श माध्यमिक विद्यालय दिगाम छत्रकोट गाउँपालिकामा प्रथम हुन सफल
भएको छ।
आदर्श माध्यमिक विद्यालयका विद्यार्थी बिकाश पन्थले ३ दशमलव ७५ जीपीए प्राप्त गरेसङ्गै विद्यालय गाउँपालिका भरमा प्रथम हुन सफल भएको हो।
विद्यालयबाट २०८० सालको कक्षा १२ को परीक्षामा २५ जना विद्यार्थीले सहभागिता लिएकोमा २२ जना विद्यार्थी उत्तीर्ण हुँदा तीनजना विद्यार्थी अनुतीर्ण भएका छन् ।
यस्तै श्रृंगा जनता माध्यमिक विद्यालय छत्रकोट गाउँपालिका ४ श्रृंगा गुल्मी दोस्रो भएको छ।
विद्यालयबाट परीक्षामा ४४ जना विद्यार्थीले सहभागिता जनाएकोमा ३१ जना उत्तीर्ण भएका छन् भने विद्यालयमा ३ दशमलव ५१ जीपीए उच्च छ। अनुतीर्ण हुने विद्यार्थीको सङ्ख्या भने १३ जना रहेको छ।
मैनडाँडा माध्यमिक विद्यालयबाट ३८ जना विद्यार्थी परीक्षामा सामेल भएकोमा ३३ जना विद्यार्थी उत्तीर्ण हुँदा पाँचजना विद्यार्थी अनुतीर्ण भएका छन् ।
भने उच्च जीपीए ३ दशमलव ३३ प्रतिशत छ।
यस्तै आत्मबोध माध्यमिक विद्यालय बाट ५४ जना विद्यार्थी परीक्षामा सामेल भएकामा १६ जना विद्यार्थी उत्तीर्ण भएका विद्यालयले जनाएको छ ।
जहाँ ३८ जना विद्यार्थी अनुतीर्ण भएका छन् ।
परीक्षामा जनजागृति माध्यमिक विद्यालयबाट २१ जना विद्यार्थी सहभागी भएका थिए ।
जसमध्ये १८ जना विद्यार्थी उत्तीर्ण भएका छन्। भने तीनजना विद्यार्थी अनुतीर्ण छन्।
यसरी गाउँपालिका भरमा १८२ जना विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागिता भएकोमा १२० जना विद्यार्थी उत्तीर्ण हुँदा ६२ जना विद्यार्थी अनुतीर्ण भएका छन्।
यो ६५ दशमलव ९३% उत्तीर्ण प्रतिशत हो।