चिरञ्जीवी ज्ञवाली/जेष्ठ २० रुरुक्षेत्र:
नेपालका ग्रामीण क्षेत्रमा रहेका कैयौं धार्मिक महत्व बोकेका ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन तथा प्रचारप्रसार हुन नसक्दा पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन् । पर्यटकीय सम्पदाको पर्याप्त प्रचारप्रसार हुन नसक्दा प्राकृतिक, साँस्कृतिक, धार्मिक ऐतिहासिक महत्त्वका क्षेत्रहरुमा पर्यटकहरु अहिलेसम्म पनि पुग्न सकेका छैनन् । पहाडी जिल्लाका सडकहरु पनि पर्यटकहरु पुग्न नसक्नुको एक कारण हो । यस्तै गुल्मीमा रहेका थुप्रै पर्यटकीय क्षेत्रहरु पनि ओझेलमै छन् ।
ऐतिहासिक स्थल, रुरुक्षेत्र ,रेसुङ्गा, श्रृङ्गा ,सत्यवती,टिमुरे,चक्रेशवर, धुर्कोट गुफा,गोलफुले गुफा जस्ता धार्मिक तपोभूमि, चारपाला, मुसिकोट र इस्माको ऐतिहासिक दरवार, जयखानी, कालीकास्थान, लिम्घा दिगाम, रुद्रवेनी, द्रिुरुङ जस्ता ऐतिहासिक धार्मिक स्थलहरु ग्रामीण पर्यटकीय स्थलहरुले पर्यटनमा रुरु, रेसुङ्गाको विकास हुन थालेको हो । रुरुक्षेत्र एक पबित्र धाम सत्ययुगमा भृगु कुलमा जन्मेका देवदत्त ऋषिले तपस्या गरेको ठाउँ हो यहाँ सतिदेवी को पुठ पतन भएको भृगुतुमेश्वर शिवालय रहेको छ ,बहुचर्चित बिष्णु पादुकाको मन्दिर ,ऋषिकेश मन्दिर, अचम्मेश्वर सहिवालय, मणिमुकुन्देश्वर शिवालय, लगाएत दर्जन भन्दा बढी मन्दिर हरु यक्षमा रहेका छन ,देवदत्त,पार्क,तिनमुखे पुल,हनुमान बाटिका,गोलफुले गुफा,रुरुक्षेत्र बैद्विक गुलुकुल लगाएत थुप्रै मठ मन्दिर ,देवालय,पाटी पौवा गुफा, हरु रहेका छन,। त्यस्तै स्वामी शशिधर, लक्ष्मीनारायण तथा यदुकानन्दको तपोभूमि, धार्मिक मठमन्दिरहरु, प्यागोडा शैलीमा निर्माण गरिएको यज्ञशाला, होमकुण्ड, शिवलिङ्ग जस्ता ऐतिहासिक धार्मिक महत्वले रेसुङगालाई चिनाउँछ भने गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्लाको संगम स्थल रुरु क्षेत्र कालीगण्डकीको नामले परिचित छ । रुरु कन्याको नामबाट रुरु क्षेत्रको नाम रहन गएको धार्मिक पौराणिक मान्यता छ ।
नेपालको चार धाम मध्येको एक र नेपालको बनारस भनेर चिनिने रुरु क्षेत्र प्राचीन सभ्यताको केन्द्र मानिन्छ , पछिल्लो सयम ग्रामीण पर्यटकीय गन्तब्य पनि हो । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको एउटा धरोहर हो भने गुल्मी जिल्लाको प्रमुख प्रवेशद्वार पनि रुरु क्षेत्र नै हो । ऋषीमुनीहरुले तपस्या गरेको स्थल रुरु क्षेत्र हो भने जिल्लाको धरोहरका रुपमा रहेको रेसुङा पनि ग्रामीण पर्यटकीय क्षेत्र हो । ऐतिहासिक चारपाला दरवार, अर्याल ब्राह्मणहरुको इश्मा राज्य, हाल इश्वरी देवीको नामबाट चिनिने गुल्मीको चारपालाको प्रसिद्ध सरायं नाचले पनि रुरु रेसुङ्गालाई चिनाउने गर्दछ । डाँडाकाडा धुर्कोट, थाप्लेको लेख, मदानेको लेख, लुम्पेकको लेक, वामीको लेक, अग्लुङको लेक, रानीवन, सिद्धबाबाको डाँडा, अजूृनडाँडा जस्ता अनगिन्ती पहाडले सजाएको प्राकृतिक सजाबट भएको जिल्ला गुल्मी पछिल्लो सयम ग्रामीण अति मनोरहम प्राकृतिक सौन्दर्ययले भरिपूर्ण छ ।
मध्य पहाडी जिल्लामा गुल्मी रमणिय जिल्ला मानिन्छ । जिल्ला सदरमुकाम तम्घासको सिरमा रहेको ऐतिहासिक रेसुङ्गा तपोभूमिले गुल्मीको महत्व बढाएको छ । ऐतिहासिक एवं पुरातात्विक स्थल, पवित्र धार्मिक स्थल र संस्कृतीको धनी छ, गुल्मी जिल्ला । पछिल्लो समयमा धेरै गाउँमा ग्रामीण विकासका आधारभूत पूर्वाधार बनिसकेको गुल्मीमा ग्रामीण सडकले दुरदराजका बस्तीहरुलाई छोएको छ । जिल्ला सदरमुकाम तम्घासबाट दर्जनौ गाउँहरुमा मोटर पुगेका छन् । रिडी, भार्से, बलेटक्सार, वामीटक्सार, शान्तिपुर, गाँैडाकोट, वीरबास, लुम्छा, श्रृङगा, पुर्कोटदह, सिमलटारी, पूर्तीघाट, हमिचौर, खज्याङ्ग र मजुवा जस्ता ग्रामीण गाउँ र बस्ती वजारमा परिणत भएका छन् ।
लिच्छवीकालीन समयदेखि नै बनेका ऐतिहासिक स्थल, रेसुङ्गा, श्रृङ्गा र रुरुक्षेत्र जस्ता धार्मिक तपोभूमि, चारपाला, धुर्कोट, मुसिकोट र चन्द्रकोट इस्माको ऐतिहासिक दरवार, जयखानी, कालीकास्थान, लिम्घा सत्यवती, दिगाम, वलेटक्सार, रुद्रवेनी, द्रिुरुङ जस्ता ऐतिहासिक धार्मिक स्थलहरु ग्रामीण पर्यटकीय स्थलको रुपमा विकास हुन थालेका छन् । रुरुक्षेत्र जसलाई रिडी पनि भनिन्छ । नेपालको चारधाम मध्यको एक धाम जुन धामको बारेमा बराह पुराणमा लगाएत थुप्रै पुराणहरुमा समेत उल्लेख गरिएको छ । रुरुक्षेत्र ऋषिकेश, भृगुतुङ्गेश्वर, रुरु कन्या, गोलफुले ओडार (गुफा), आनन्दकुटी गुफा, तालदोभान गुफा,अचमेश्वर शिवालय,कालिका मन्दिर मणिमुकुन्देश्वर शिवालय, शोभा भगवती मन्दिर ,नवदुर्गा भगवती मन्दिर च्युरेक,भट्कुवा कोट मन्दिर,गोलपोखरी शिवालय,,लगायत दर्जनौं मठमन्दिर, पाटीपौवा र धार्मिक आस्थासँग जोडिएका स्थल र अवलोकनका लागि,अनुमान बाटिका तिनमुखे पुल,रुरुक्षेत्र अखण्ड शान्ती दिप ,रुरुक्षेत्र बैद्विक गुरुकुल,देवदत्त पार्क,गोलफुले गुफा, शालग्राम पहाड, जस्ता थुप्रै स्थलहरुको अवलोकन गर्न सकिन्छ । साथै कफी र गुड ,खुदो को स्वाद लिन सकिने छ ।
रुरुक्षेत्रमा अवस्थिल रिडी वजार गुल्मी जिल्लाको मात्र नभएर स्याङ्जा, पर्वत, वाग्लुङ् म्याग्दी, पाल्पा र प्युठान जिल्लाको ब्यापारी केन्द्र पनि हो र यो बजार यश क्षेत्रकै पुरानो बजार हो । सडक यातायात नभएको अवस्थामा रिडीको माघे संक्रान्तीको मेलाले सबै जिल्लाका मानिसहरुको आवश्यकता पूर्ति गर्ने गरेको थियो । रुरुमा माघे संक्रान्तीको बेला कालीगण्डकीको स्नान गर्न र ऋषिकेशको दर्शन गर्न भारतीय हिन्दू धर्मालम्वीहरु पनि आउने र तिर्थको बेला भारतीय ब्यापारीहरु पनि रुरुक्षेत्रमा ब्यापारका लागि आउने हुँदा रुरुमा ठूलै ब्यापार हुने गरेको थियो । अहिले पनि रुरुक्षेत्र सडक यातायातले केन्द्र विन्दु बनेको छ । जसले गर्दा रिडीको वजार विस्तार भएर ग्रामीण ब्यापारीहरुलाई आवश्यक बस्तुको बजार भएको छ ।
गुल्मी संस्कृतिको पनि धनि जिल्ला हो । ऐतिहासिक कोटका मन्दिरहरुमा खडक जुधाउने परम्परा, पंचवलीको प्रथा र दशैंको वेलामा कोटमौलाको शक्तिपिठबाट निकालिने सरायँ नाच गुल्मी जिल्लाको सेरोफेरामा अझै पनि लोकप्रिय छ । जिल्लाको छत्रकोट को चोयगा, धुर्कोट, अर्जै, दिगाम चारपाला, इस्मा र पाल्पा को अर्गली, स्याङ्जा को आलम लगाएतका गाउँमा नाचिने सरायँ नाचले ऐतिहासिक संस्कृति जोगाउने काम गरेको छ । अहिले पनि त्यस क्षेत्रको सरायँ नाच हेर्न दसैंकाबेला छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु पुग्ने गर्छन् । हातमा खुडा, ढाल, तरवार लिएर बाजागाजाका साथमा नाचिने सरायँ नाच विजया उत्सवको रुपमा लिने गरिन्छ । त्यसै गरी यस क्षेत्रको लाखे नाच निकै लोकपृय रहेको छ ,जिल्लाका रुरुक्षेत्र रिडी,बलेटक्सार,रानिबास,वामिटक्सार लगातका स्थान मा लाखे नाच निकै पहिचान को रुपमा रहेको छ । गुल्मीको सामाजिक परम्परा, बोलीचाली र मानवीय ब्यवहारमा छुट्टै पहिचान छ । पहाडी मुलका प्रायः सबै जाती र जनजातीको वसोवास भएको जिल्ला हो, गुल्मी । बोल्दाखेरी अधिकांश शब्दको अगाडिपछाडी पार लागाएर बोलिने गुल्मेली भाषा नयाँ मानिसहरुको लागि मिठो मानिन्छ । रुरुक्षेत्रमा कार्तिक शुक्ल एकादशी मा र द्वादशी मा पनि ठूलो मेला लाग्ने गर्दछ । एकादशी मा रुरुक्षेत्रमा स्नान गरे मोक्ष प्राप्त हुन्छ भन्ने जनबिस्वास रहिआएको छ,भने सोही द्वादशी कार्तिक शुक्ल द्वादशीको दिन ऋिषकेश रथ यात्रा हुने गर्दछ जुन धार्मिक हिसाबले निकै महत्वोपुर्ण मानिन्छ ।
कालीगण्डकीको किनारमा रहेको रुरु क्षेत्र, रुद्रवेणि र गुल्मी, पर्वत र स्याङ्जा जिल्लाको संगमस्थल सेतीवेणि धार्मिक पर्यटकहरुका लागि महत्वपूर्ण दर्शन योग्यस्थल हो । वुटवलदेखि पाल्पा तानसेन हुँदै तम्घाससम्म ११५ कि.मि.को दूरी छ । ऐतिहासिक धार्मिक स्थल रुरु क्षेत्रको अवलोकन र दर्शनपछि तम्घास वजारको सीरमा अवस्थित रेसुङगाबाट गुल्मी जिल्लाको अधिकाम्स स्थानिय तहमात्र मात्र होइन, पाल्पा, स्याङ्जा र अर्घाखाँची जिल्लाको विभिन्न ऐतिहासिक सम्पदा र प्राकृतिक स्थलहरुको अवलोकन गर्न सकिन्छ । साथै गुल्मी जिल्लामा हिमाली श्रृंखला नभए पनि धौलागिरि, निलगिरि, माछापुच्छे« र अन्य १५ भन्दा धेरै हिमाल एवं रमणिय हिम श्रृंखलाहरु पनि रेसुङ्गा तपोभूमीबाट दृष्यावलोकन गर्न सकिन्छ ।
रेसुङ्गाको तपोभूमि ऐतिहासिक स्थल हो । स्वामी शशिधर, लक्ष्मीनारायण तथा यदुकानन्दको तपोभूमि रेसुङ्गामा धार्मिक मठमन्दिरहरु, प्यागोडा शैलीमा निर्माण गरिएको यज्ञशाला, होमकुण्ड, शिवलिङ्ग जस्ता धार्मिक महत्वले रेसुङ्गाको ऐतिहासिक धार्मिक महत्व बढाएको छ । आफ्नो पूर्वजको इतिहास एवं थलो खोज्ने ज्ञवाली थरका जातिहरुका लािग गुल्मी जिल्लाको ज्ञवा ऐतिहासिक स्थल मानिन्छ । श्रींगेश्वर ऋषिले तपस्या गरेको तपोवनको नामबाट श्रीङ्गा नाम रहेको स्थल गुल्मीको वलेटक्सार र बम्घा गाविसको पुरानो ऐतिहासिक नाम ज्ञवा हो । ज्ञवाबाट नै ज्ञवालीहरुको उद्गम भएको मानिने हुँदा यो ठाउँको अध्यन, अनुसन्धानका लागि महत्वपूर्ण मानिन्छ ।
रुरु–मृग द्वारा दूध पिलाएर हुर्किएकी बालिकाको नाम रुरुकन्या भएको वराह पुराणमा पाइन्छ । रुरुकन्याको कठोर तपस्याबाट प्रसन्न हुनुभएका भगवानसित कन्याले दुईटा वर मागेको प्रसंग पुराणमा छ । मगर भाषामा री भन्नाले कालो तथा डी भन्नाले पानी भन्ने अर्थ लाग्छ । अर्थात् कालो पानी बग्ने क्षेत्र कालीगण्डकी भएकोले यसलाई रिडी भनिएको हो । रिडीदेखि डेढ किलोमिटर उत्तरमा भृगुतुंग नामक गुफा छ । यहाँ भगवान शिवले पार्वतीको शब बोकेर संसारको भ्रमण गर्दै जाँदा सतीदेवीको उपल्लो दाँत पतन भएको मान्यता छ । जुन श्री स्वस्थानी महात्यम्यमा पनि केही ब्याख्या गरिएको छ । जहाँ दैनिक पूजाआजा हुन्छ । खासगरि शिवरात्रीमा माघ र फागुन महिनामा भक्तजनको भिड हुने गर्छ । यो स्याङ्जा जिल्लामा पर्छ । त्यस्तै, गलफूलगुफा पनि गुल्मीको थोर्गातर्फको भागमा छ । जुन रिडी बजारबाट पाँचसय मिटरमाथि थोर्गातर्फ अवस्थित छ । रुरुकन्याले तपस्या गरेको गुल्मी जिल्ला जहाँ देवदत्तको तपस्थली पनि छ ।
धार्मिक धरोहर रुरु क्षेत्रमा साना ठूला गरेर १ सय भन्दा बढि मन्दिर तथा सानाठूला केही गुफा पनि छन् । जहाँ अहिलेसम्म पनि दैनिक पूजाआजा गरिन्छ । धेरै गुफाहरुमा शिवध्वनि जगाउने गरिएको छ । रुरुक्षेत्रमा मुख्यगरि कार्तिक शुक्ल एकादशिमा २ दिन र माघेसँक्राान्तीमा तीन दिन र ऋशिकेश उत्सब २ दिन ठूलो मेला लाग्ने गर्छ । साथै वर्षभरिको औंशी, पूर्णिमा, ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्ने गर्छ । एकादशी, औँशी, पूर्णिमा तथा हिन्दू परामपरा अनुसारका विभिन्न साना तथा बढी महत्वका दिन अर्थात् पर्वमा श्रद्धालुहरुको भिड लाग्ने गरेको छ । साथै रिडी एक पबित्र घाट पनि हो त्यसैले यो घाटमा मानिसको शव जलाउने गरिन्छ । जुन स्थान अति पवित्र पनि मानिन्छ । माघे संक्रान्तिको पहिलो दिन १ गतेलाई जेठी संक्रान्ति, २ गतेलाई माइली संक्रान्ति र तेस्रो दिनलाई कान्छी संक्रान्ती भन्ने गरिन्छ । मेला महोत्सवको आयोजना गरिन थालिएपछि वर्षेनि श्रद्धालुहरुको संख्या रिडीमा बढ्दै गइरहेको छ । मेला महोत्सवमा स्थानीय उत्पादनको कृषि प्रदर्शनी, विभिन्न प्रकारका सामाग्रीको प्रदर्शनी, राष्ट्रिय कलाकारको प्रस्तुतीले पनि दर्शकहरुको संख्या बढाउँदै लगेको छ ।
पश्चिम नेपालको मुख्य ब्यापारिक क्षेत्र बुटवलदेखि करिब ७० किलोमिटर उत्तरमा र तानसेनबाट ३० किमी रुरु क्षेत्र र त्यहाँबाट ४५ किमि पार गरेपछि गुल्मीको सदरमुकाम तम्घास पुगिन्छ । प्राकृतिक बनावटमा उपत्यका जस्तो देखिने रुरु अर्थात् रिडी सामुन्द्रिक सतहदेखि १ हजार ८ सय फिटको उचाईमा छ । चारैतिरबाट पहाडै पहाडले घेरिएर बीचमा समथर जमिन रहेकाले यसलाई गुल्मी, पाल्पा र स्याङ्जाको साझा उपत्यका मानिन्छ । कालीगण्डकीको तटमा अवस्थित यो ठाउँमा २०१८ सालमा आएको भिषण बाढीले रिडी बजारलाई पुरै ध्वस्त बनाएको इतिहास छ । त्यही कारण रिडी ऐतिहासिक तथा धार्मिक महत्वका सम्पदाहरुमा धनजनको क्षति भएको थियो । महाविनास पछि बनेको नयाँ घरहरु, मन्दिर, पार्टीपौवा तथा बगैँचाहरुले यो ठाउँलाई ब्यवस्थित बनाएर सौन्दर्यता समेत थपेको छ ।
रुरु क्षेत्रमा पाल्पातर्फ ऋषिकेश मन्दिर छ । ऋषिकेशको मूर्ति पाल्पाका राजा मणि मुकुन्दसेनले कालीगण्डकीमा नुहाउँदा भेटिएको हो । इतिहासमा पाल्पाली राजा मणिमुकुन्द सेन, भिमसेन थापा, जंगबहादुर राणा तथा राजामहाराजाहरुको प्रमुख गन्तब्य पाइन्छ । साथै भिमसेन थापाले यो ठाउँमा एउटा मन्दिर र पौवा समेत बनाएका छन् । बिक्रम सम्वत् १९९७ सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा निर्माण गरेको अर्गली दरबार अहिलेसम्म पनि छ । जुद्ध शमशेरले आफ्नो जीवनको उत्तरार्धमा रुरुक्षेत्रमा कल्पबास बस्नका लागि यो दरबारको निर्माण गराएका थिए । यो दरबारमा बसेर उनी प्रत्येक दिन कालीगण्डकीमा स्नान गर्न जाने गर्दथे । ग्रामीण पर्यटकहरुका लागी रुरु र रेसुङ्गा क्षेत्र भ्रमण गर्दा राम्रो मानिन्छ ।