
असार १७, गुल्मी ।
छत्रकोट गाउँपालिका वडा ३ मा रहेको लुम्छा चौपारी सम्मको बाटो निर्माण सम्पन्नपछि अनुगमन गरिएको छ ।
छत्रकोट गाउँपालिका अन्तर्गत लुम्छा देखि चौपारी सडक कालो पत्रे तथा ढलान १८४३ मिटर सम्पन्न भएको हो ।
अनुगमन समितिकि संयोजक सावित्रा ज्ञवाली, गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, प्रमुख प्रशासकीय अधिकृत रुद्र हरि पुरी, प्रशासन शाखा प्रमुख हरि टन्डन, नेपाली कांग्रेस छत्रकोट गाउँपालिका पार्टी सभापति धातानन्द भुसाल, नेकपा एमाले छत्रकोट गाउँपालिका वडा नम्बर ३ का पार्टी कमिटी अध्यक्ष बाबुराम अर्याल, नेकपा माओवादी केन्द्र छत्रकोट गाउँपालिकाका संयोजक रामचन्द्र कंडेल, जनमोर्चाका छत्रकोट अध्यक्ष श्यामलाल पन्थ लगायत पत्रकारहरुको समुहले सडक अनुगमन गरेको हो ।
नेपाली कांग्रेस छत्रकोट गाउँपालिका पार्टी सभापति धातानन्द भूसालले अनुगमनका क्रममा छत्रकोटका निर्माण क्षेत्रहरू राम्रो रहेको बताउनुभयो ।
नेकपा एमाले छत्रकोट गाउँपालिका वडा नम्बर ३ का पार्टी कमिटी अध्यक्ष बाबुराम अर्यालले गाउँपालिकामा निर्माणका कामहरू तीव्र रूपमा चलिरहेको र सबै कामहरू गुणस्तरीय रहेको बताउनुभयो ।
अनुगमनको क्रममा नेकपा माओवादी केन्द्र छत्रकोट गाउँपालिकाका संयोजक रामचन्द्र कंडेलले बाटो र नालीको बीचको भाग सुधार गर्नुपर्ने देखिएको बताउनुभयो ।
यस्तै कालोपत्रेलाई दिगो रुपमा कायम राख्नका लागि बाटोको छेउछाउमा वृक्षारोपण आवश्यक रहेको उहाको भनाइ छ ।
निर्माण व्यवसायीले गुणस्तरीय काम गरेको र अनुगमनको क्रममा पनि राम्रो प्रतिक्रिया पाएको इन्जिनियर पुष्कर खनालले बताउनुभयो।
संघिय समपुरक योजना अन्तर्गत २ करोड ३० लाख ४८ हजार रुपैयाँमा सडक स्तरोन्नती गरिएको हो ।