गुल्मीको छत्रकोट गाउँपालिकामा दोस्रो अध्यक्षकप खेलकुद प्रतियोगीता सुरु

मंसिर १६ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्षकप खेलकुद प्रतियोगीता आज देखी सुरु भएको छ।


छत्रकोट गाउँपालिका ६ को स्याङ्दि खेल मैदानमा सुरु भएको दोस्रो अध्यक्ष कपको उद्घाटन सत्रमा वडा नं ६ का वडाध्यक्ष नारायण रेश्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे , उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुन, जिल्ला समन्वय समिती सदस्य महेश्वर भण्डारी, पुर्व जिल्ला समन्वय समिती सदस्य गंगा पन्थ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँ शिक्षा समितिका पदाधिकारी, खेलकुद प्रवर्द्धन समितिका पदाधिकारी, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्र .अ., स्वास्थ्य शाखाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा खेलप्रेमी स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बाबुराम सुनारको टिमले स्वागत गित प्रस्तुत गरेको थियो।


खेलाडी हौं खेलाडी हामी खेलाडी गीतमा जन मा वि खर्ज्याङका विद्यार्थी र प्रत्यक वडाका खेलाडीहरुले मार्च पास , आत्मबोध मा वि विद्यार्थीले पञ्चेबाजा समेत प्रस्तुत गरेका थिए ।


आत्मबोध मा वि का विद्यार्थीले प्रस्तुत गरेको पञ्चेबाजामा सम्पूर्ण अतिथि नाच्दा खेल मैदानमा रौनक छाएको थियो ।
शुभकामना मन्तव्य राक्दै प्रमुख प्रशासकिय अधिकृत विर ब पुनले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताउनु भयो।


गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले पनि कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो। कार्यक्रममा समाजसेवी बद्री प्रसाद घिमिरेले आफुले रचना गरेको “छत्रकोट परिसर” कविता वाचन गर्नु भएको थियो।


कार्यक्रममा खेलाडी र अध्यक्षकपको सफलताको शुभकामना व्यक्त गर्दै गाउँ पालिका अध्यक्ष राम प्रसाद पाण्डेले खेलाडीलाई छत्रकोटमा मात्रै नभएर देश भरी नै चिनाउन र व्यवसायीक बनाउने कुरामा आफू प्रतिबद्ध रहेको जिकिर गर्नुभयो । कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले गर्नु भएको थियो।


राष्ट्रिय नारा “स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारालाई गाउँपालिकाले सार्थकता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *